थप ३७ जनामा कोरोना पुष्टि,गण्डकीमा संक्रमितको संख्या १८८ पुग्यो

पोखरा ,शुक्रबार जेठ ३० गते । पर्वत सहित गण्डकी प्रदेशका चार जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ देखि ६६ वर्ष उमेर समुहका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार शुक्रबार पर्बतका १३ जना पुरुष, स्याङ्जाका २२ जना पुरुष , तनहुँका १ जना पुरुष र नवलपुरका १ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।उनीहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ । हालसम्म गण्डकी प्रदेशका ९ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।संक्रमित मध्ये ११ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार