मराङका पहिरो पीडितलाई अष्ट्रेलियाबाट त्रिपाल सहयोग

बेनी । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित भएकालाई अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको बन्डाबर्ग क्षेत्रमा बसोबास गर्ने म्याग्देली हरुको संस्था म्याग्दी सेवा समाजले ७५ थान त्रिपाल सहयोग गरेका छन् । पहिरोले विस्थापित भएका धवलागिरी गाउँपालिका–६ मराङका पूर्ण रुपमा विस्थापित र जोखिमपूर्ण अवस्थामा रहेकालाई लक्षित गरी पहिलो चरणमा आवश्यक पर्ने सालिमार १८÷२४ साईजको ५० थान र १५÷१८ को १५ थान त्रिपाल विपद् ब्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई समाजको तर्फबाट भिमनाथ शर्मा र पत्रकार हरिकृष्ण गौतमले हस्तान्तरण गर्नुभएको छ ।

पहिरोबाट विस्थापित र पहिरोको जोखिमका कारण घर छोडेर हिडेकाको सामान सुरक्षित गर्ने गरी धवलागिरी गाउँपालिकाकी अध्यक्ष थमसरा पुनसँग समन्वय गरी पहिरो चरणको सहयोग गरिएको म्याग्दी सेवा समाजले बन्डाबर्गका अध्यक्ष राम केसीले बताउनुभयो । ‘खाद्यान्न साम्रागी पुगिसकेको छ,‘थप सहयोगका लागि आवश्यक पहल गरिरहेका छौ’ केसीले भन्नुभयो । उहाँका अनुसार ‘टच मराङ’ अभियानमार्फत आवश्यक सहयोग जुटाएर पठाउने गरी पहल समेत भइरहेको छ ।

संस्थालाई प्राप्त सहयोग र संस्थामार्फत गरी १ लाख ७० हजार १ सय बराबरको त्रिपाल विपद् ब्यवस्थापन समितिमार्फत धवलागिरी गापामा हस्तान्तरण गरिने छ । सहयोग हस्तान्तरण कार्यक्रममा प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । यसअगाडी समेत संस्थाले कोभिड १९ लाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालयलाई ७६ हजार रुपैयाँको गुणस्तरीय एन नाइन्टी फाइप मास्क र २४ हजारको शंकास्पद बिरामीको मृत्यु भएमा आवश्यक पर्ने शव व्यवस्थापन सामग्री सहयोग गरेको हो । हरिकृष्ण गौतम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार