नेपालमा थप २९३ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या १५७८४ पुग्यो

काठमाडौं,आइतबार असार २१ गते । नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

हाल सम्म ६ हजार ५४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै नेपालमा हाल सम्म कोरोनाबाट ३४ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार