अर्कै रोगको उपचार गर्न अस्पताल गएकाहरू बने संक्रमित

दाङ । टाउकोमा लागेको चोटको उपचार गराउन भैरहवा गएका एक दम्पतिलाई कोरोना संक्रमण भएको छ।

घोराही उपमहानगरपालिका वडा नं। ५ निवासी श्रीमान्/ श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरूलाई संक्रमण पुष्टि भएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए।

उनीहरू दुबै जनाको उमेर ४० वर्षको रहेको छ।

यी दम्पति हालसालै भैरहवामा उपचार गरेर फर्किएका थिए।

श्रीमानको टाउकोमा चोट लागेपछि उनकी पति/पत्नि उपचारका लागि भैरहवा गएका थिए। उपचार गराइ फर्किएपछि उनीहरूमा ज्वरो आउने जस्ता लक्षणहरू देखिएपछि गरिएको पिसिआर टेस्टले दुबैलाई कोरोना भएको पुष्टि गरेको थियो।

उनीहरू ज्वरोको उपचार गर्न घोराहीस्थित दिपज्योति हस्पिटलमा पुगेका थिए। मिल्दो लक्षण देखिएपछि आशंका लागेर पिसिआर चेक जाँच गर्दा उनीहरूमा कोरोना पुष्टि भएको जिल्ला फोकल पर्सन चन्दले जानकारी दिए।

आइतबार नै घोराही १५ का १९ वर्षीय एक युवालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। फोकल पर्सन चन्दका अनुसार उनी केही दिन पहिले मात्रै नेपालगञ्जवाट घोराही आएका थिए।

त्यस्तै भरतपुर अस्पतालमा गरिएको पिसिआर परीक्षणमा घोराहीका थप एकजना ६५ वर्षका पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा तुलसीपुर उपमहानगरपालिका वडा नं। १३ थप एकजना ४७ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

घोराहीका ६५ वर्षीय संक्रमित किन भरतपुर पुगेका हुनरु भन्ने नखुलेको भएपनि तुलसीपुरका पुरुष सर्पले डसेपछि उपचारका लागि अस्पताल पुगेका व्यक्ति रहेको तुलसीपुरका फोकल पर्सन विमल केसीले जानकारी दिए।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचार पछि थप उपचारका लागि नेपालगञ्ज गएको उनलाई आशंका लागि पसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको केसीले बताए।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७७२ पुगेको चन्दले जानकारी दिएका छन्। त्यसमध्ये ६९८ जना उपचार पछि घर फर्किसकेका छन्। जिल्लामा हाल सक्रिय संक्रमित ७२ जना रहेका छन्। त्यसमध्ये २ जनाको भने मृत्यु भइसकेको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार