करेन्ट लागेर महिलाको मृत्यु

मोरङ । घरको पंखा जोड्ने क्रममा आइतबार साँझ मोरङको बेलबारी नगरपालिका–८ की एक महिलालाई करेन्ट लागेर मृत्यु भएको छ। करेन्ट लागेर घाइते भएकी २८ वर्षीय फूलकुमारी धिमालको पथरीशनिश्चरेस्थित पथरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। उनले भने ,‘घरमा पंखा जोड्दा सावधानी नअपनाउँदा करेन्ट लागेर मृत्यु भएको देखिए पनि घटनाको थप अनुसन्धान थालेका छौं।नागरिक न्यूजबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार