देशभर ११२० जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या २५१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्मले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो ।

उहाँका अनुसार बितेको २४ घण्टामा १ हजार ११२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २९० पुगेको छ । त्यसैगरी देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २५१ पुगेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार