बागलुङ्गको भूँजीखोलामा बाढीको वितण्डा : चार जनाको शव भेटियो ,१३ जना बेपत्ता

बागलुङ । बागलुङ्गको ढोरपाटन नगरपालिका—९ भुँजीखोलमा आएको बाढीका कारण ज्यान गुमाएका चार जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङ प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीका अनुसार ४ जनाको शव भेटिएको छ भने १३ जना वेपत्ता छन् । रातको समयमा अचानक आएको बाढी पहिरोले त्यस क्षेत्रमा ठूलो क्षति पुराएको छ ।

स्थानीयले दिएको जानकारी अनुसार मध्यरातमा आएको बाढीले ढोरपाटन नगरपालिकाको ५,६,७,८ र ९ का ३० बढि घर बगाएको छ । विद्युतगृह झोलुङ्गे पुल र विद्यालय समेत बगाएको छ ।उद्धारका लागि सुरक्षाकर्मीको टोली पठाईएको छ । बुर्तिबाङबाट प्रहरी र घाँडाबाँधे तथा ढोरपाटनमा रहेको नेपाली सेना उद्धारका लागि खटिएको बताईएको छ ।

तस्बिर : प्रेम बुढा मगरको फेसबुक वालबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार