सुदूरपश्चिममा ६३ सेना सहित ७६ जना कोरोना संक्रमित थपिए

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीका अनुसार शिक्षालयका २ सय ४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शिक्षालयका १ सय २९ जनाको नतिजा नेगेटिभ आएको छ ।सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा सोमबार गरिएको ४ सय ४५ नमूनाको परीक्षणमा ७६ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

कोभिड–१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलालीमा कूल सङ्क्रमित र सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् ।हालसम्म कैलालीमा ६, बझाङ र बाजुरामा दुई दुई तथा अछाममा १ गरी प्रदेश भरमा ११ जनाको मृत्यु भएको छ ।nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार