कोरोनाले रोकिएको प्याराग्लाइडिङ असोज १५ गतेदेखि सञ्चालनमा आउने

पोखरा । कोरोना महामारीका कारण विगत ७ महिनादेखी बन्द प्याराग्लाइडिङ असोज १५ गतेदेखि सञ्चालनमा आउने भएको छ । सरकारले आन्तरिक उडान सुरु गरेसँगै प्याराग्लाइडिङ पनि असोज १५ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आउने भएको हो ।

अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजदेखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए । पुरानै अवस्थामा फर्किन समय लाग्ने भएपनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने उनले बताए । कोरोनाको जोखिमका कारण बन्द रहेका कम्पनीहरुलाई पुनबुकिङ सुरु गर्न संस्थाले प्याराग्लाइडिङ कम्पनीहरुलाई निर्देशन दिएको छ ।

लकडाउनको अवधिमा पोखरामा व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिरहेका कम्पनीहरुले करिब ५० करोड बराबरको नोक्सानी व्यहोर्नुपरेको संस्थाका महासचिव बलराम आर्चायले बताए । अहिले परिक्षणकालमा रहेका प्याराग्लाइडिङ सुरक्षाका निश्चित मापदण्ड अपनाएर संचालन भइरहेका छन् । प्याराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेसन अफ इरोनेटिक इन्टरनेसनल ९एफएआई०काअनुसार पोखरा प्याराग्लाइडिङको उत्कृष्ट मध्येको एक गन्तव्य हो ।

यसलाई पहिलेको अवस्थामा ल्याउन धेरै चुनौती रहेका छन् । पोखराको सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने गर्दछन् । सुरुआती दिनमा विदेशी पाइलटले धानेको प्याराग्लाइडिङमा अहिले तीन सयभन्दा बढी नेपाली पाइलट छन् । प्याराग्लाइडिङबाट झन्डै दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार