बीपीमा थप एक कोरोना संंक्रमितको मृत्यु

धरान । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज –४ का ३९ बर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

गोल्डेन हस्पिटल बिराटनगरबाट रिफर गरिएका उनमा ज्वरो, खोकी, श्वासप्रस्वाशमा गारो भएपछि परीक्षण गराउँदा भदौ ९ गते कोरोना पुष्टि भएको थियो ।भेन्टिलेटरमा राखेर उपचारको क्रममा आज बिहान ३ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार