कोरोना संक्रमणबाट विश्वभर ११ लाख तीन हजारको मृत्यु

पेरिस, एपी । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभरि हालसम्म ११ लाख तीन हजार ३ सय ७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार कोरोना भाइरसबाट विश्वभरी संक्रमित भएकाहरुको कुल सङ्ख्या तीन करोड ९२ लाख सात हजार ४ सय ३६ पुगेको छ ।

कुल संक्रमित मध्ये दुई करोड ९३ लाख ९७ हजार ८ सय ३५ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भइसकेको तथ्याङ्क छ । विश्वभरि अहिलेपनि ८७ लाख छ हजार २ सय २२ जना संक्रमित अवस्थामै रहेका छन् । ती मध्ये ८६ लाख ३५ हजार ३ सय १६ जनाको अवस्था मध्यम छ भने अरु ७० हजार ९ सय ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

संक्रमितहरुको सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, स्पेन, अर्जेन्टिना, कोलम्बिया, पेरु, मेक्सिको र फ्रान्स क्रमशः अग्र देशमा रहेका छन् । अमेरिकामा अहिलेसम्म ८२ लाख १६ हजार ३ सय १५ जना संक्रमित भएका छन् भने दुई लाख २२ हजार ७ सय १७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, भारतमा ७३ लाख ७० हजार ४ सय ६८ जना संक्रमित हुँदा एक लाख १२ हजार १ सय ६१ जनाको मृत्यु भएको विवरण छ । संक्रमितहरुको संख्या हेर्दा ब्राजिलमा ५१ लाख ७० हजार, रुसमा १३ लाख ६९ हजार स्पेनमा नौ लाख ७२ हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । गत डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको पुष्टि गरिएको कोरोना भाइरस अहिले फैलिदै विश्वका २ सय १६ देशमा पुगिसकेको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार