खोटाङका कृषिविज्ञ मदन राईद्धारा १० संघसंस्थालाई जग्गा दान

खोटाङ । खोटाङका कृषिविज्ञ मदन राई हाल व्यवहारिक शिक्षाको अभ्यासमा तल्लिन छन्। साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राई हाल विद्यार्थीलाई आत्मनिर्भर र स्ववलम्भी बनाउने प्रयासमा ‘कुटोदेखि कम्प्युटर’ चलाउनेसम्मको जीवनोपयोगी शिक्षाको अभ्यास गराउन समय खर्च गरिरहेका छन्।

कृषिविज्ञ राईको टिम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शुभम् ९शुभद्रा–मदन० फाउण्डेसन स्थापना गरेर पेशा, व्यवसाय र प्रविधि शिक्षामा समावेश गरिएका विषयवस्तुलाई व्यवहारिक रुपमा अभ्यास गराएर विद्यार्थीलाई ‘आफै गरिखाने नागरिक’ बनाउन प्रयासरत छन्। तर कृषि र व्यवहारिक शिक्षाको अभियानमा कहलिएका कृषिविज्ञ राईको परिचय जिल्लामा यत्तिमा मात्र सिमित छैन। उनको परिचय जिल्लाका दर्जनौं संघसंस्थालाई भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताको रुपमा पनि छ।

कृषिविज्ञ राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा ९रत्नपार्क किरातचोकभन्दा माथि० १० वटा संघसंस्था तथा कार्यालयलाई निःशुल्क जग्गा प्रदान गरिसकेका छन्। उनले हालसम्म एकैठाउँमा कित्ताकाट गरेर किरात राई यायोक्खा, नेपाल पत्रकार महासंघ, अपांग सेवा संघ, भुपु सैनिक संघ, महिला एकता अध्ययन केन्द्र, सेतो गुराँस जिल्ला बालविकास सेवा, सामुदायीक बन उपभोक्ता महासंघ, सामुदायीक सेवा केन्द्र, मानव अधिकारका लागि महिला एकल महिला जिल्ला समिति र खोटाङ बिकास मञ्चलाई निःशुल्क जग्गा प्रदान गरिसकेका छन्।

राईले निःशुल्क जग्गा उपलव्ध गराएका जग्गामा खोटाङ विकास मञ्च, यायोक्खा, भुपु सैनिक संघ, पत्रकार महासंघ, अपांग सेवा संघ, महिला एकता अध्ययन केन्द्र र सेतो गुराँस जिल्ला बालविकास सेवालाई जग्गा दिएको ठाउँमा महिला बालबालिका पुःर्नस्थापना केन्द्रको भवन निर्माण गरिसकिएको छ। कतिपय संघसंस्थाको भवन निर्माणका लागि शिलान्यास गरिएको अवस्था छ। प्राप्त जग्गाको सबैभन्दा माथि यायोक्खाले भवन निर्माण गरेको छ।

सोभन्दा तल क्रमशस् भुपु सैनिक संघ, महिला एकता अध्ययन केन्द्र, पत्रकार महासंघ र अपांग सेवा संघको भवन निर्माण गरिएको छ। आवश्यकता र औचित्यका आधारमा उनले विभिन्न संघसंस्थालाई जग्गा उपलव्ध गराउँदै आएका छन्। संघसंस्थाको कार्यालयलाई एकठाउँमा केन्द्रित गर्नेगरी जग्गा प्रदान गरिएको कृषिविज्ञ राईले बताए। कच्ची सडक समेत विस्तार गरिएको सो क्षेत्रमा गार्डेन, सभाहल, घण्टाघर लगायतका संरचना बनाउने परिकल्पना छ।

भवन निर्माणका लागि निःशुल्क जग्गा दिएकामा महिला बालबालिका पुःर्नस्थापना केन्द्रले कृषिविज्ञ राईलाई सम्मान गरेको छ। मंगलबार आयोजित साधारणसभा तथा पुःर्नस्थापना केन्द्रको भवन उद्घाटनको अवशरमा जग्गादाता राईलाई सम्मान गरिएको हो। उनलाई प्रतिनिधिसभा सांसद हिरा गुरुङले दोसल्ला र सम्मान–पत्र सहित सम्मान गरेकी हुन्। कृषिविज्ञ राईले सम्मानकाक्रममा सम्मान–पत्र ग्रहण गरेपनि अबिर र दोसल्ला ओढ्न अस्वीकार गरेका थिए। nagariknews.nagariknetworkबाट साभार

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…