कोरोना संक्रमित मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि आईसीयूमा उपचार हुँदै

काठमाडौं । कोरोना भाइरसको संक्रमणले अवस्था गम्भीर भएपछि चर्चित कलाकार मनोज गजुरेललाई आइसियूमा सारिएको छ । अवस्था गम्भीर भएपछि गजुरेललाई सशस्त्र प्रहरीको अस्पताल बलम्बुको आइसियूमा भर्ना गरिएको छ ।

अस्पतालका अनुसार हिजोदेखि उनको आइसियूमा उपचार भइरहेको हो । गजुरेलमा कात्तिक १० गते कोरोना पुष्टि भएको थियो । घरमै आइसोलेसनमा बसेका उनी बुधबार अस्पताल पुगेका थिए । तर,हिजोदेखि अवस्था थप गम्भीर भएपछि आइसियूमै राख्न परेको उनका साथी टंकराज आचार्यले बताए ।

आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने गर्दा आफूमा कोरोना संक्रमण भएको अनुमान गजुरेलले गरेका थिए । लक्षणसहितको कोरोना संक्रमण भएपनि उनी केहीदिन घरमै आइसोलेसनमा थिए । नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय १४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…