हुम्लाको खार्पुनाथमा पठनपाठन सुरु

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाले मङ्गलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ । वडा नं १ देखि ५ सम्म रहेको खार्पुनाथ गाउँपालिकाले पािलकाभरका विद्यालय सञ्चालनमा ल्याएको हो । कोरोना कहरले आठ महिना र हिउँदे बिदा तीन महिना गरेर ११ महिनादेखि बन्द रहेका विद्यालय मङ्गलबारदेखि सञ्चालनमा आएका हुन् ।

उच्च हिमाली क्षेत्र भएकाले मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न भएर फागुनमा नयाँ शैक्षिक सत्र शुरु हुने भएकाले ११ महिनादेखि बन्द रहेका विद्यालय स्वास्थ्यसम्बन्धी सुरक्षा सावधानी अपनाएर सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ ।

जिल्लाका अन्य छ वटा गाउँपालिकामा रहेका विद्यालयहरु कात्तिक दोस्रो सातादेखि सञ्चालनमा आएपछि खार्पुनाथ र शिक्षा विकास समितिले विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेपश्चात पठनपाठन शुरु गरिएको हो । एघार महिनादेखि विद्यालय जान नपाएका विद्यार्थी खुसी भए पनि नपढेर नै वार्षिक परीक्षा हुने भएपछि चिन्तित भएका छन् ।

जिल्लाभरका विद्यालयहरु एक महिना पढाइ गरेर मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न गरेर शैक्षिक सत्र बन्द गर्ने तयारीमा छन् । चिसोका कारण मीनपचासका लागि बिदा हुने भएकाले मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न गरेर तीन महिना विद्यालय बन्द गरी फागुनमा नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारी भइरहेको छ । रासस

सम्बन्धित समाचार

thumbnail

ललितपुर महानगरले डा.सत्यमोहन जोशी एकेडेमी स्थापना गर्ने

काठमाडौं । ललितपुर महानगरपालिकाले ‘डा.सत्यमोहन जोशी एकेडेमी’ स्थापना गर्ने घोषणा गरेको छ । महानगरपालिकाले शुक्रबार नीति तथा बजेट प्रस्तुत गर्दै महानगरपालिका क्षेत्रभित्र सामुदायिक पुस्तकालय स्थापनामा जोड दिँदै संघसंस्थाको सहकार्यमा एकेडेमी खोल्ने घोषणा…

thumbnail

बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताउनुभएको छ । उहाँले उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याइ जनशक्ति तयार गर्नेतर्फ…

thumbnail

बेथानचोक गाउँपालिकाले विद्यार्थीलाई दियो एक लाख छात्रवृत्ति

काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपलिकाले एमबिबिएस पढ्ने एक विद्यार्थीलाई एक लाख रूपैयाँ छात्रवृत्ति दिएको छ । बेथानचोक गाउँपालिका वडा नम्बर ३ घर भई एमबिबिएस दोस्रो वर्षमा पढ्दै आएका विजय घलानलाई एक लाख…