धादिङमा स्कर्पियो दुर्घटना हुँदा ५ घाइते

काठमाडौं । धादिङमा स्कर्पियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बिहान पौने ९ बजे भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । धादिङबाट काठमाडौं आइरहेको बा१५च ३५०४ नम्बरको स्कार्पियो नीलकण्ठ नगरपालिका-८ ससाहबाट पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिका-३, का ३० वर्षीय विनोद खतिवडा, त्रिपुरासुन्दरी नगरपालिका-२ का ३४ वर्षीय सुरेन्द्र श्रेष्ठ, नीलकण्ठ नगरपालिका-७ का २४ वर्षीय विक्रम विश्वकर्मा, काभ्रे रोशी गाउँपालिका-३ का ३१ वर्षीय चन्द्रलाल प्वापी र नीलकण्ठ नगरपालिका-३ का ३८ वर्षीय आइत नेपाली छन्।

खतिवडा र श्रेष्ठलाई हेलिक्पटरबाट काठमाडौंको ग्राण्डी अस्प्तालमा उपचारका लागि ल्याइएको छ । नेपालीलाई एम्बुलेन्सबाट काठमाडौं ल्याइएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार