खोटाङमा किसानलाई ह्याचरी मेसिन प्रदान

खोटाङ । खोटाङमा सञ्चालित सशक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलता (विफिल) परियोजनाले किसानलाई ह्याचरी प्रदान गरेको छ।

क्रिष्टिएन एड नेपालको सहयोगमा सञ्चालन भइरहेको परियोजनाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा गठित सिर्जनशील कृषक समूहलाई एक थान ह्याचरी प्रदान गरेको हो। स्थानीय जातको कुखुरा पालन प्रवद्र्धन गर्दै कृषकको आयआर्जन वृद्धि गरी आर्थिक समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले ह्याचरी प्रदान गरिएको परियोजना प्रबन्धक युवराज रिजालले बताए।

समूहमा आवद्ध पर्शुराम श्रेष्ठले सञ्चालन गर्नेगरी ढुवानी खर्च बाहेक १ लाख १० हजार बराबरको ह्याचरी प्रदान गरिएको हो। समूहमा आवद्ध २८ घरधुरीको अण्डा निःशुल्क कोरल्दिने तथा समूहमा आवद्ध नभएका कृषकको चल्लाको बजार मूल्य कायम गरी अण्डा चल्ला सटही गर्ने, अण्डा र चल्ला खरीद बिक्री गरी कृषकलाई कुखुरा पालन व्यवसायमा आवद्ध गराउने प्रयोजनका साथ मेसिन वितरण गरिएको हो।

कृषक समुहलाई प्रदान गरिएको ह्याचरीले एक पटकमा २२ दिनमा १ हजार ८० वटा अण्डा कोरल्न सक्ने जनाइएको छ। उपकरणका कारण काठमाण्डौं लगायतका जिल्लाबाट आयत हुने चल्लाको माध्ययमबाट विभिन्न रोग समेत भित्रिने सम्भावना भएकाले सोको न्यूनिकरण गर्दै स्थानीय स्तरमै स्वस्थ चल्ला उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको परियोजनाले जनाएको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार