ट्राफिक प्रहरीलाई २५० रुपैयाँ दिन खोज्दा पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरी हवल्दार शंकर बम सन्यासीलाई घुस दिन खोज्ने मिनिट्रकका चालक रोल्पा बस्ने २३ वर्षीय खोले पुनमगर पक्राउ परेका छन् ।

कलंकी, खसि बजार स्थित सडक खण्डमा डियुटीमा खटिएका प्रहरीलाई २५० रुपैयाँ दिन खोज्दा पुनमगर बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी ट्राफिक प्रभाग कलंकीको टोलीले उनको ना २ ख २८६८ नम्बरको गाडी एकतर्फी बाटोमा सो विपरीत चलाएपछि पुनमगरले २५० रुपैयाँ दिन खोजेका थिए ।

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका पुनमगरलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी प्रभाग कलंकीमा बुझाएको महाशाखाले जानकारी दिएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार