काठमाडौं । लागु औषध (ब्राउन सुगर)को कारोबार गर्ने पाँचजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका बस्ने रेवत कुमार खाती, रोहित कुमार चौधरी, जगसन राई, पर्वत दाहाल र देवेन्द्र मगर छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनिहरुलाई त्रियुगा नगरपालिका–२ स्थित लुहाले खोलाबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट ३ ग्राम लागु औषध (ब्राउन सुगर) बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । रासस