ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–७ मा आफैले चलाएको ट्याक्टरमा च्यापिएर आज एक चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–४ बस्ने २३ वर्षीय चालक पप्पु पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।

चालक पासवान ज १त ३५७९ नं को ट्याक्टरमा स्थानीय रातो खोलाबाट माटो लोड गरी बेला गाउँतर्फ जाँदै गर्दा मोड्ने क्रममा ट्र्याक्टरको दाँयापट्टीको बीचको र पछाडिको चक्का धसेर अचानक अगाडिको इञ्जिनसहितको भाग माथि उठेर पछाडिपट्टी झर्दा चालक बसेको सिटसमेत च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार