काठमाडौं । कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी वीपना ज्ञवालीको मृत्यु भएको छ । ब्लड क्यान्सर पीडित ज्ञवालीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दूतावास नजिकै रहेको मुवारक अलकबीर अस्पतालमा कोरोना परीक्षण गरिएको थियो ।
रिपोर्ट नेगेटिभ आएपछि उनलाई उनलाई थप उपचारका लागि त्यहाँको शेख अल वर्दिस क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो भने उपचारकै क्रममा उनको मृत्यु भएको दूतावासले जनाएको छ ।
दूतावासमा श्रम सहचारीको रुपमा कार्यरत ज्ञवालीको निधन प्रति दुःख व्यक्त गर्दै दूतावासले एक कर्मठ र लगनशील राष्ट्रसेवक गुमाएको भन्दै शोकको यस घडीमा ज्ञवालीको परीवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
तीन महिनाअघि मात्र श्रम सहचारीको रुपमा कुवेत पुगेकी गुल्मीकी २८ वर्षीया ज्ञवाली अविवाहित हुन् । उनको शव आइतबार नै जजिरा एयरलाइन्समार्फत स्वदेश पठाइएको दूतावासले जनाएको छ । नागरिक खबरबाट साभार