२३ जना किसानलाई ठग्ने व्यक्ति पक्राउ

काठमाडौं । किसानलाई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रौतहट वृन्दावन नगरपालिका-६ हर्षाहा टोल बस्ने २८ वर्षीय अनिलकुमार पटेललाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति पाएको छ।

कार्यालयका अनुसार उनले ओम्नी अटोमोबाइल प्रालि चन्द्रनिगाहपुरको सोरूमबाट २३ जना किसानलाई किस्ताबन्दीमा ट्रयाक्टर दिलाएका थिए। उनले २०७५ साउन १ गतेदेखि किस्ता बुझाउन भनि किसानहरूसँग रकम लिएका थिए। तर उनले किस्ताबन्दी भने नबुझाएको कार्यालयले जनाएको छ।

४४ लाख ७८ हजार ५ सय रकम ठगी गरेको भन्ने जाहेरी परेपछि पटेललाई प्रहरीले पक्राउ गरेको हो। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार