पाल्पामा घरको बलेनीमा लडेर एकको मृत्यु

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका २ पोखराथोकका २९ वर्षीय संजय पहारीको बलेनीमा लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले ​घर भित्रबाट बाहिर निस्कने क्रममा ढोका नजिकैको पेटीबाट उनी बलेनीमा लडेर मृत्यु भएको जानकारी दिए ।

मृतककी ठूली आमाले विहान पूजा गर्नको लागि फूल टिप्न जाने क्रममा ती युवक लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार