ओली समूहले भोलि सातै प्रदेशमा भेला गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहको बालुवाटार बैठकले बुधबार सातै प्रदेशमा भेला गर्ने निर्णय गरेको छ। मंगलबार बालुवटारमा बसेको उक्त समूहको बैठकले बुधबार एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने निर्णय गरेको हो ।

बैठकले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको समेत बैठकमा सहभागी एक नेताले बताए । बैठकले २०७८ साल मंसिर २ गते एकता महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार