पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बल्खुस्थित सिता पेट्रोलपम्प नजिक पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बा २१ च ५०६४ नम्बरको पिक अप भ्यानले बुधबार साँझ ठक्कर दिँदा नवलपरासीको देवचुली नगरपालिका–१४ घर भएका २७ वर्षीय ज्ञानु अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

पैदल हिँड्दै गरेका अधिकारीलाई बुधबार साँझ पौने ७ बजे भ्यानले ठक्कर दिएको थियो । उनको बयोधा अस्पतालमा उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । भ्यान चालक धादिङका राजु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार