ललितपुरको धोबीघाटमा डिउटीमा खटिएका प्रहरी कुटिए , कुटपिटको अभियोगमा २ जना

काठमाडौं । ललितपुरको धोबीघाट चोकमा डिउटीमा खटिएको प्रहरी कर्मचारी कुटिएका छन् । कुटपिटको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–४ बागडोल बस्ने ३१ वर्षीय उमेश खड्का र धादिङ घर भई सोही ठाउँ बस्ने २६ वर्षीय रुकेश रानाभाट रहेका छन् ।

बा८६ प ५९७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूले बाटो हिँडेको मान्छेलाई अपशब्द बोलेपछि महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले रोकी सम्झाई बुझाई गर्नेक्रममा उनीहरूले प्रहरीमाथि हातपात गरेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार