वीपी प्रतिष्ठानमा ६३ वर्षीय कोरोना संक्रमितको मृत्यु

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमित पुरुषको निधन भएको छ।

मोरङको विराटनगर १२ निवासी ६३ वर्षीय वृद्धको आज बिहान ८ बजेर १० मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा।चुडामणी पोख्रेलका अनुसार उनलाई गिजाको क्यान्सर भएको थियो।

मृतक हिजो बिहीबार प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए। उनलाई हिजो नै कोरोना संक्रमण पुष्टि भएको पनि प्रतिष्ठानले जनाएको छ। मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार