तरुण दल बेनपा–९को अध्यक्षमा चोखाल ,नेकपा परित्याग गरी दर्जन बढी युवा कांग्रेस प्रवेश

म्याग्दी ।नेपाल तरुण दल बेनी नगर वडा स्तरमा संगठन विस्तारमा जुटेको छ । नेपाली काङ्ग्रेसको भात्रृ संगठन तरुण दलले वडा इकाई समितिको पदपूर्ति ,समिति पुनर्गठन , संगठन बिस्तार र संगठन सुदृढीकरण अभियानलाई तिब्रता दिएको हो ।

बेनी नगरपालिका – ९ घतानमा बिष्णु चोखालको अध्यक्षतामा ५३ सदस्यीय समिति पुर्नगठन गरिएको छ ।समितिको उपाध्यक्षमा सन्दिप चोखाल,सचिवमा मदन खत्री, कोषाध्यक्ष रेबिसन बरुवाल सहित ५३ सदस्य रहेका छन् ।

कांग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा ‘खम्बीर’ले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले तरुण दल कांग्रेसको खम्बा भएको समेत बताउनुभयो । सभापति गर्बुजाले यूवाहरुलाई संगठनमा आवद्ध गराउँदै विकास निर्माण र सामाजिक गतिविधिमा केन्द्रीत हुन आग्रह गर्नुभयो ।

त्यस्तै संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, सचिव क्या मिन बहादुर कार्की, तरुण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्याल तथा नेबिसंघ म्याग्दीका सभापती निर्मल खत्री लगायतले बोलेका थिए ।

कार्यक्रममा निर्वतमान अध्यक्ष रामचन्द्र कार्कीको अध्यक्षता, सचिव मधु गिरीको सञ्चालन र वडा इकाइ सभापती चक्र केसीको स्वागतमा सम्पन्न भएको थियो ।घतानमा आयोजित कार्यक्रममा वडा इकाईले टोलटोल तथा आवश्यकता अनुसार सदस्यता वितरण सहित संगठनमा आबद्ध गराउन सक्ने तरुण दलले जनाएको छ।

कार्यक्रममा उपसभापति माधवप्रसाद रेग्मी ,मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर , पुर्व सह–सभापति नेत्रबहादुर महत ,जिल्ला कार्यसमिति सदस्य केबी भण्डारी ,जिल्ला सह–सचिव भरत बहादुर रकाल ,जिल्ला काम सदस्य ओम छन्त्याल लगायतको सहभागिता रहेको थियो । साथै नेकपा परित्याग गरी दर्जन बढी युवा कांग्रेस प्रवेश गरेका कांग्रेस म्याग्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार