पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको चाबहिल गोपीकृष्णहल नजिकैको पुलबाट मोटरसाइकल खोलामा खस्दा एकजनाको मृत्यु भएको छ ।

बा२६प ४०२१ नम्बरको मोटरसाइकल पुलबाट धोबी खोलामा खस्दा मोटरसाइकल चालक सिन्धुलीको दुधौली-५ घर भई कपनमा बस्दै आएका २७ वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको मोटरसाइकल शनिबार राति सवा नौ बजे पुलबाट धोबीखोलामा खसेको थियो । गम्भीर घाइते भएका श्रेष्ठको नेपाल-भारत अस्पताल चाबहिलमा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको हो। अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार