सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ का १९ वर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

सोमबार राति साढे ८ बजे जुद्धगञ्जमा रहेको मासु पसलबाट मासु किनेर फर्कदै गरेका कामतलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार