काठमाडौं । भारतले नेपालसहितका मुलुकमा प्याजको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयल अन्र्तगतको बाह्य व्यापार विभागले सोमबार प्रतिबन्ध हटाउने निर्णय गरेको भन्सार विभागले जनाएको छ ।
साढे ३ महिनापछि सोमबार प्रतिबन्ध हटाउने निर्णय भारतले गरेको जानकारी प्राप्त भएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।भारतीय प्याजको निर्यात प्रतिबन्ध हटेको छ, उक्त निर्णयको कार्यान्वयन एक जनवरी २०२१ बाट लागू हुन्छ,’ महानिर्देशक दाहालले भने ।
आफ्नो मुलुकमा प्याज अभाव हुने भन्दै गत भदौ २९ गतेदेखि भारतले प्याज निर्यातमा रोक लगाएको थियो । भारतले प्रतिबन्ध लगाएको भोलि पल्टै नेपालमा प्याजको भाउ दोब्बरभन्दा बढीले वृद्धि भएको थियो । अनलाइनखबरबाट साभार