तीन महिनाभित्र संसद पुनःर्स्थापना गरेरै छाड्छौ:घनश्याम भूसाल

बुटवल । नेकपा प्रचण्ड माधव पक्षका नेता घनश्याम भुसालले तीन महिना भित्रमा संसद पुनःर्स्थापना गरेरै छाड्ने दाबी गरेका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले आज बुटवलमा आयोजित प्रदर्शनपछिको कोणसभालाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

असवैधानिक कदम लामो समय नटिकेको प्रसंग स्मरण गर्दै पूर्वमन्त्री समेत रहेका भुसालले बढीमा तीन महिनाभित्र संसद पुनःर्स्थापना हुने दावी गरे । लोकतन्त्रको संरक्षक सर्वोच्च अदालत भएको भन्दै उनले सर्वोच्चले लोकतन्त्रमा विवेकपूर्ण निर्णय गर्ने विश्वास व्यत गरे ।

प्रधानमन्त्रीको कदमविरुद्ध आफुहरुको आन्दोलन कुनै पनि हातलमा नरोकिने बरु हेरक ठाउँमा बढ्दै जाने दाबी गरे । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर ३ करोड नेपालीहरुको अधिकारलाई अपमान गरेको समेत बताए ।

नेपालमा कुनै पनि प्रतिगमन नटिकेको उल्लेख गर्दै उनले २०१७ सालमा राजाले गरेको प्रतिगमन ३० वर्ष पछि जनताले फिर्ता ल्याएको स्मरण गरे । त्यस्तै २०६१ सालमा राजा ज्ञानेन्दले चालेको प्रतिगमनलाई पनि नेपाली जनता सडक आएर तीन वर्षमै फिर्ता गरिदिएको उनल स्मरण गरे । अहिले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन पनि तीन महिनाभित्र नेपाली जनताहरुले फिर्ता गरेरै छाड्ने दावी उनले गरे । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार