बुटवलको कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमकाअनुसार मृत्यु हुनेमा जिल्लाको शुद्धोधन गाउँपालिका १ का ७० वर्षीय पुरुष रहेका छन् ।

गत मंसिर २७ गते पोजेटिभ आएका बिरामीलाई पुष १४ गते बुटवलको अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा उच्च रक्तचापको समस्या समेत रहेको अस्पतालले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार