बेनी । म्याग्दीको गायत्री मन्दीर र राम मन्दीरका बृद्धबृद्धालाई न्यानो कपडा तथा मास्क वितरण गरिएको छ । बेनी नगरपालिका वडा नम्बर ७ संगम चोक स्थित धर्मनारायण ईन्टरप्राईजेज र सुविन भाडा पसलका संचालकहरु सुविन श्रेष्ठ ,विपिन श्रेष्ठ र सविन श्रेष्ठले शनिबार एक कार्यक्रमका विच गायत्री मन्दिर र राम मन्दिरमा बस्दै आएका १९ जना बृद्धबृद्धा भक्तिनी आमा, साधु सन्त र पूजारी सहित १९ जनालाई जाँदोमा लगाउने न्यानो कपडा जाकेट,मास्क र दक्षिणा वितरण गरिएको गलेश्वर आमा समुहका अध्यक्ष गौमाया मगरले बताउनुभएको छ।

व्यवसाय संगै मानविय र सामाजिक सेवा अभियान अन्तर्गत सहयोग गरिएको संचालक, यूवा व्यवसायी एवं म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो।
यस अगाडी बालाचतुर्दशीको अवसरमा गलेश्वर बृद्धाश्रममा रहेका बृद्ध बृद्धा,संस्कृति बिद्यालयमा अध्यनरत बटुकहरु,गुरुहरु र त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई ७५ थान जाकेट श्रेष्ठ परिवारले वितरण गरेको थियो।

गायत्री मन्दिर व्यवस्थापन समितिका सचिव लक्षमण चालिसेले प्रसिद्ध गलेश्वर मन्दिरको समिपमा रहेको गायत्री मन्दिर र राम मन्दिरको आ–आफ्नै छुट्टै महिमा रहेकोले यसको प्रचार प्रसार र यस क्षेत्रको विकासमा सबैले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सहयोगले ठुलो राहत पुग्ने बताउँदै युवा व्यवसायी श्रेष्ठ लगायत सबै परिवारलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।


























