रुकुम पश्चिममा भिरबाट लडेर एकको मृत्यु

सुर्खेत । रुकुम पश्चिममा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१४, स्थित हिलहाल्ने भिरबाट लडेर त्रिवेणी गाउँपालिका–१० का ५४ वर्षीय हरिबहादुर खड्काको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

तीन दिनदेखि बेपत्ता रहेका खड्कालाई आफन्तले खोजी गर्ने क्रममा सोमबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनी पुस १८ गतेदेखि बेपत्ता रहेका थिए । उनी भिरबाट करिब ३०० मिटर तल खसेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार