लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

काठमाडौँ । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला झापामेचिनगर नगरपालिका वडा नं. ६ मेची डाडास्थित शसस्त्र प्रहरी बल बिओपि काकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीको टोलीलले बिषेश सुराकीको आधारमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान उमनपा १७ बस्ने वर्ष २४ का ईश्वर थापा र जिल्ला पांचथर हिलिहाङ गापा २ बस्ने वर्ष २८ का अरुण सुब्बा लिम्बुलाई चेकजाँज गर्ने क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ।

ईश्वर थापाको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको लिसाईलो पदार्थ ५० ग्राम फेला पारी बरामद गरि तत्कालै दुबैलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काकरभिट्टामा ल्याई बुझाएको छ। साथै दुबैलाई झापा जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिई थप कानुनी प्रकृया अगाडी बढाइने प्रहरीले जनाएको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार