बिरेन्द्रचोकमा दलप्रसाद र शिवालय टोल सुधार समितिको अध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ चयन

बेनी । बेनी नगरपालिका–७, बिरेन्द्रचोक टोल सुधार समितिको अध्यक्षमा पुनः दलप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न प्रथम अधिवेशनबाट उपाध्यक्षमा पूर्णबहादुर केसी, सचिव लालबहादुर भण्डारी, कोषाध्यक्ष पुष्पा पुन निर्विरोध चयन हुनुभएको छ । दुई वर्षे कार्यससमितिको लागि आज सर्वसम्मत चयन भएको समितिको सदस्यमा राममायाँ श्रेष्ठ, शिवकुमार भट्टचन, भगवती शर्मा, प्रतिक्षा श्रेष्ठ,तारासिंह बुढाथोकी, हरिप्रकाश थापा, महेन्द्रकुमार श्रेष्ठ, हरिकृष्ण गौतम, थमप्रकाश आचार्य छन् । अधिवेशनले भिमबहादुर किसानको संयोजकत्वमा सरसफाई उपसमिति समेत चयन गरेको छ ।

अधिवेशनको उद्घाटन गदैं वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले नगरपालिका भित्रका टोलसुधार समितिमा छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो । उहाँले नियमित सरसफाई, निशुल्क खानेपानी, ढल मर्मत तथा पुष्पबाटिका, भाडामा बस्नेलाई सम्मान तथा विदाई, टोलबासीको जन्मदिन मनाउने जस्ता नमुना कार्यको खुलेर प्रशंसा गर्नुभएको थियो । अधिवेशनमा नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मिनबहादुर कार्की, टोलसुधार समितिका सल्लाहाकार अधिवक्ता चिरञ्जीबि शर्मा, कुलप्रसाद श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो । सचिव लालबहादुर भण्डारीले प्रगति, कोषाध्यक्ष पुष्पा पुनले कुल ३ लाख ३९ हजार ४७६ को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

टोलभित्रका सदस्यहरुको सहयोग सहित कुल ३ लाख ३० हजार बचत समेत रहेको छ । यसैबीच बेनपा–७ शिवालय टोल विकास संस्थाको प्रथम अधिवेशनबाट पुनः ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा पूर्णबहादुर जिसी, सचिवमा बद्रीप्रसाद पौडेल, कोषाध्यक्षमा भिमकुमारी भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको सदस्यहरुमा नारायणी सुबेदी, विक्रम श्रेष्ठ, सिता केसी चोखाल, रामचन्द्र रिजाल, विष्णु अर्मजा, अस्मिता श्रेष्ठ र बिमला केसी रहनुभएको छ ।

भिमकुमारी भण्डारी आर्थिक, बद्रीप्रसाद पौडेल सचिवको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। टोलले करिब ८ लाख बराबरको विभिन्न कार्यहरुमा जनश्रमदान गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । अधिवेशनको वडा अध्यक्ष श्रेष्ठले स्वच्छ र सफा राख्नका लागि सबै टोलबासीको भूमिका महत्वपूर्ण रहेकोमा बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार