बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

दाङ । बाघको आक्रमणबाट देउखुरी लमही नगरपालिका–८ खोलीगाउँकी ५० वर्षीया बेलमती चौधरी गम्भीर घाइते भएकि छिन । शनिबार दिउँसो बाख्रा चराउन नजिकैको जङ्गलमा गएको बेला चौधरीलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट चौधरीको मुख, आँखा र टाउकोमा गम्भिर चोट लागेको छ । श्रीमान टुलिराम चौधरी रुखमा चढेर घाँस झार्दै गर्दा बाघले बेलमतीलाई आक्रमण गरेको थियो। बाघको आक्रमणबाट गम्भीर घाइते भएकी बेलमतीको लमही अस्पतालमा उपचार भइरहेको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार