नेपालमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि,७ को मृत्यु

काठमाडौँ ।पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ४१३ जनाको पीसीआर परीक्षणमा क्रममा थप २ सय ७० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ४३ हजार २ सय ५५ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

 

पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १ जना पुगेको छ ।त्यसैगरी २४ घण्टामा ४०३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ३ सय १२ छ ।मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ४३ हजार २ सय ५५ परीक्षणहरु गरिएका छन् ।हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ४५ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार