विपन्नलाई फाइबर सिरक

लहान । शीतलहरका कारण बढेको चिसोले कठ्यांग्रिँदो जिवन बाँचिरहेका विपन्न परिवारलाई मनकारीले सिरक सहयोग गरेका छन्। सर्लाहीको चन्द्रनगर गाउँपालिकाका पाँच सय जना विपन्न तथा अपाङ्गलाई गुणस्तरीय फाइबर सिरक प्रदान गरिएको छ।

यस पालिकाका सुकुम्वासी मुसहर, चमार, दुधास, डोम, मुस्लिमलगायतका अति विपन्न परिवार तथा अन्य जातिका समेत विपन्न एकल महिलालाई फाइबर सिरक प्रदान गरिएको हो। गरिबी जिवन त्यतीकै पीडादायी हुन्छ, त्यसमाथि शीतलहरको कहर थपिएपछि बाँच्नै गाह्रो थियो राजकल माझी मुसहरले भने,‘दाताबाट न्यानो सिरक पाएपछि बाँच्ने आशा पलाएको छ। गरिबलाई न्यानो बाँड्ने परोपकार दौत्तरी संस्थालाई धन्यवाद,’ उनले भने।

संघीय, प्रदेश र स्थानीय सरकारले गरिब तथा विपन्नलाई चिसोबाट जोगाउन न्यानो बन्दोबस्त गर्नुपर्ने दौत्तरी संस्थाकी उत्तरा मानन्धर बताउँछिन्। मानवीय हिसावले हामी यहाँका विपन्नहरुलाई न्यानो सहयोग गरेका हौं उनले भनिन्,‘सरकारले यी विपन्नहरुलाई लगाउने खाने र बस्ने समुचित बन्दोबन्स मिलाउनु पर्छ।’

यहाँका विपन्नहरुलाई न्यानो सिरक उपलब्धताका लागि भोर संस्थाले दौत्तरीसँग पहल गरेको थियो। न्यानो सिरक सहयोगले यी विपन्नहरु राहत महसुस गरेको भोरका संस्थापक राजकुमार महतोले बताए। दौतरी संस्थाको सहयोग तथा भोरको पहलमा चन्द्रनगर गाउँपालिकाका उक्त मानवीय सहयोगलाई विपन्न बस्तीमा विस्तार गर्दै लैजाने दौतरी संस्थाका अध्यक्ष सम्पन्न स्थापीतले बताए।

मानव जिवन रक्षा हुने सहयोगले जस्तो सन्तुष्टि अरु काममा कहाँ हुन्छ स्थापीतले भने। चन्द्रगर गाउँपालिकाका वडा नम्बर १, २, ३ ४ का पाँच सय विपन्न परिवारलाई फाइबर सिरक वितरण गरीएको उनले बताए। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार