उदयपुरमा ट्याक्टरबाट खसेर ५ वर्षीय बालकको मृत्यु

उदयपुर । उदयपुरमा ट्याक्टर दुर्घटनामा परी एक बालकको निधन भएको छ। जिल्लाको कटारी नगरपालिका ४ स्थित मरुवा खोलामा स १ त ६८२२ नं. को ट्याक्टर दुर्घटना हुँदा त्यसबाट खसेर ५ वर्षीय अमिर तामाङको निधन भएको प्रहरीले जनाएको छ।

मंगलबार दिउँसो मरुवा खोलाबाट ढुंगा लिएर कटारीकै सिम्लेतर्फ जाने क्रममा ट्याक्टर लडेका बालक टायरमा ठोक्किन पुग्दा गम्भीर घाइते भएका थिए। तत्काल उद्वार गरी उपचारार्थ कटारी अस्पताल ल्याइएकोमा त्यहाँ सम्भव नभएपछि विराटनगर लाँदै गर्दा साँझ ५ः१५ बजे बाटोमै निधन भएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अन्दाजी २ किलोमिटर उत्तरमा रहेको घट्नास्थलको सर्जमिन मुचुल्का गरी इप्रकाको टोलीले बालकको शव पोष्टमार्टमका लागि कटारी अस्पताल पठाएको जनाएको छ। ट्याक्टर र ट्याक्टर चालक कटारी नगरपालिका ४ कै ३१ वर्षीय जीवन राईलाई इप्रका कटारीले नियन्त्रण्मा लिएर अनुसन्धान सुरु गरेको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार