बेनी । म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका इकाई अध्यक्षमा लेक बहादुर पुन चयन हुनुभएको छ । शनिबार दरबाङ्गमा सम्पन्न सातौ साधारणसभा तथा चाैथाे अधिवेशनबाट पुन अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्ष खड्क छन्त्याल ,सचिव अमृत सापकोटा,सह– सचीव बिरेन्द्र पुन,कोषाध्यक्ष बेदिराम सुवेदी र सदस्यहमा ममसरा कार्की,मिना फगामी,हिरा बहादुर पुन,श्रीदत्त उपाध्याय,प्रेम सेन्च्युरी,सह बहादुर परियार, बुद्दी बिनोद शर्मा र रामु रिजाल चयन हुनुभएको छ ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेबी पुनले गर्नुभएको थियो । मन्त्री पुनले व्यवसायीको हकहित र अधिकारका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले उद्योग संचालन गर्न चाहनेहरुलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले व्यवसायीलाई लक्षित सिपमुलक तालिम सञ्चालनका लागि आवश्यक सहयोग गर्ने उद्घाेष गर्नुभयाे ।
निवर्तमान अध्यक्ष गोवि सिंउथानीको अध्यक्षता र सचिव अमृत सापकोटाले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा मालिका गाउँपालिका उपाध्यक्ष खर माया विटालु ,मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसी ,मालिका गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सन्तोष सुवेदी ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य , प्रथम उपाधयक्ष सुविन श्रेष्ठ ,सचिव सुवर्ण रिजाल ,इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेल , रेडकक्रस सोसाइटी दरबाङ्ग उपशाखाका कार्यवाहक सभापति भिमप्रसाद गौतम जिवन ,म्याग्दी उद्योग वाणिज्य संघका सदस्य मोतिलाल गौतम लगायत दरबाङ्ग स्थित विभिन्न संघसंस्था प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
अध्यक्ष पुनले कोरोनाका कारण विस्थापीत व्यवसायीहरुलाई पुर्नस्थापितका लागि पहल गर्ने ,स्थानीय तहको सहकार्यमा दरबाङ्ग बजारमा प्रयोगविहिन बनेको सिसिटिभी क्यामेरा संचालनमा ल्याउने ,इन्टरनेट सहितको ल्याण्डलाइनको पहुँच बढाउने ,व्यापार व्यवसायी संचालनका लागि बैंकिङ्ग कारोबारको लागि परामर्श दिन कार्यक्रम संचालन गर्ने , दैबी प्रकोप व्यवस्थापनका लागि विपद व्यवस्थापन कोष स्थापना गर्ने ,बजार अनुगमणमा खाद्य गुणस्तर मापन तथा नाप तौललाई प्राथमिकता दिने र गाउँका व्यवसायीलाई उद्योग वाणिज्य संघमा आवद्ध गराउने आफ्नो भावि योजना रहेको सुनाउनुभयो ।