सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार १५ हजार घुससहित पक्राउ

काठमाडौं । महोत्तरीबाट सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार १५ हजार घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प रामनगरका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार श्रवण बस्नेत छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित टोलीले उनलाई गौशाला नगरपालिका-५ निगौल चोकबाट सोमबार साँझ पक्राउ गरेको हो।

घरायसी प्रयोजनका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत स्थानीयबाट घुस लिएको आरोपमा बस्नेतलाई पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए । बस्नेतलाई ना१झ ६८४ नम्बरको गाडी र १५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार