सरकारी गाडी तोडफोड गरेको भन्दै मोरङमा दाहाल-नेपाल समूहका ६ जना पक्राउ

काठमाडौँ । आमहड्तालमा उत्रिएका नेकपा दाहाल-नेपाल समूह मोरङ संघर्ष समिति सह-संयोजक पारुल क्षेत्रीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारी गाडी तोडफोड र बन्द गराउँदै हिँडिरहेको अवस्थामा क्षेत्रीसहित संगम चौधरी, शारदा मैनाली, मिरा दाहाल पोखरेललगायतलाई विराटनगरस्थित तीनपैनी चोकबाट प्रहरीले पक्राउ गरेको हो ।

बा १ झ ९११८ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरी तोडफोड गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी मानबहादुर राईले बताए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार