थानकोटबाट ४ सय थान टर्च बरामद

काठमाडौं । प्रहरी चेकप्वाइन्टमा प्रहरीले निकै सक्रियता देखाउन थालेका छन् । भन्सार छलेर ल्याएरका सामान बरामद मात्र गरेका छैनन, अवैध रुपमा बोकेको रकमसहित धेरै मानिस पक्राउ परिसकेका छन् ।

शनिवार साँझ पनि थानकोट चेकप्वाइन्टमा प्रहरी खटिएकै थियो । साँढे ५ बजेको थियो । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले नागढुंगामा गाडी चेक गर्दै थिए ।त्यसैबेला पोखराबाट काठमाण्डौतर्फ आउदै गरेको ना. ५ ख ५७५६ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच तथा खानतलासी गरे ।

बसको पछाडिको डिकीमा भ्याट बिल बिनाको लुकाई छिपाई भन्सार छली ल्याउँदै गरेको ४ सय थान टर्चलाईट फेला परे । प्रहरीले बरामद गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल, भन्सार कार्यालय सानो गौचरण पठाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार