नेपालमा थप १५६ जनामा कोरोना संक्रमण , ४ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या२ लाख ७२ हजार ३ सय ४२ रहेको छ । निको हुने दर ९८.४प्रतिशत रहेको छ । पछिल्लो २४ घन्टामा थप ४ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । मृत्यु भएका ४ जनासँगै अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार