नेपालमा थप १४१ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ४१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ६ सय १२ रहेको छ । कोरोनाबाट निको हुनेको दर ९८.४ प्रतिशत पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार