लकडाउनले सुनसान बेनी (फोटो फिचर)

बेनी । बुधबार राति १२ बजेदेखी म्याग्दीको बेनी नगरपालिमा लकडाउन जारी भएको छ । बेनी नगरपालिकाको प्रस्तावमा जिल्ला प्रशान कार्यालय म्याग्दीले २२ गते राति १२ बजेदेखी लागु हुनेगरी बैशाख ३१ सम्म लकडाउन जारी गरेको हो । लकडाउन भएपछि विहिबार बिहानदेखी बेनी बजार सुसान देखिएको छ । बजारका विभिन्न चोकमा सुरक्षाकर्मीहरु खटिएका छन् ।

यसैगरी बेनी बजार भित्रने मुख्य नाका कालिपुलमा सुरक्षा जाँचलाई  कडा बनाइएकाे छ।बिहानैदेखी सार्वजनिक वा निजि यात्रु तथा मोटर साइकल समेत सञ्चालन हुन सकेका छैनन्।भने मालवाहक सवारी साधन आंशिक रुपमा चलेका छन् । अस्पताल,औषधालय ,स्वास्थ्य सामाग्रीका पसलहरु खुलेका छन् ।

लकडाउनको अवधिमा बैँक तथा वित्तिय संस्थाहरु न्यूनमत कर्मचारी उपस्थित गराएर सञ्चालन हुने भएपनि सहकारी तथा बिमा संस्थाहरु भने बन्द हुनेछन् । यस अवधिमा सार्वजनिक विकास निर्माणका कार्यहरुलाई निर्वाध रुपमा सञ्चालन गरिने र संलग्न मजदुरहरुको हकमा सम्बन्धीत आयोजना प्रमुखको सिफारिसको आधारमा निर्माण व्यवसायीहरुले निश्चित ठाउँमा बस्ने प्रवन्ध मिलाउन भनिएको छ ।

तरकारी, फलफुल ,दुध ,डेरीजन्य उत्पादन ,ग्यास लगायतका अत्यावश्यक सेवाका पसलहरु बिहान ७ –१० सम्मका लागि मात्र सञ्चालन भएका छन् । जमघट र भेला हुने धार्मिक ,सांस्कृतिक र सामाजिक कार्यक्रम सन्चालन गर्न निषेध गरिएको छ ।

     तस्बिर :साधन राम्जाली/म्याग्दी न्युज डट्कम

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार