११ दिन देखी हराएका युवाको शव गाडिएको अवस्थामा फेला

बिप्लव कार्की

दरबाङ । ११ दिनदेखि हराइरहेका म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थान स्थित पुनथोकका एक युवाको गाडिएको अवस्थामा शव फेला परेको छ ।

वैशाख १४ गतेदेखि सम्पर्कविहीन भएका धान्ने बहादुर पुनको भिम मावी देखि करिव ५ सय मिटर माथि ढुङगाको चेप (ओडार)भित्र गाडिएको अवस्थामा शव फेला परेको हाे ।(यहाँ यसअघिको समाचार विवरण केही सच्चाइएको छ।-सम्पादक)

ईलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलका अनुसार शवलाई पोस्टमार्टमको लागि बेनी अस्पताल पठाइएको छ । मृत्यु बारे थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।मृतक युवा स्थानीय चन्द्र पुनका साइला छोरा हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार