भैरहवा । कोरोना संक्रमणबाट पूर्व भूमिसुधार सहायकमन्त्री प्रकाश चित्रकारको सोमबार बिहान निधन भएको छ ।सिद्धार्थनगर नगरपालिका–७ का स्थायी बासिन्दा चित्रकारको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा भूमि सुधार सहायकमन्त्री बन्नुभएको थियो ।
नेपाल विद्वत परिषद्, नागरिक समाजलगायतका संस्थामा आबद्ध चित्रकार राजावादी व्यक्तिको रुपमा परिचित हुनुहुन्थ्यो । उहाँले गत शुक्रबार युनिभर्सल शिक्षण अस्पतालमा स्वाब परीक्षण गराउनुभएको थियो । स्वास्थ्यमा समास्या आएपछि भोलिपल्ट अस्पतालमा भर्ना हुनुभएको थियो । अस्पतालका सूचना अधिकृत सुशील गुरुङले कोरोना संक्रमणबाट उहाँको फोक्सोमा निमोनियाले असर गरेको र श्वासप्रश्वासमा समस्या देखिएको बताउनुभयो । ekantipurबाट