काठमाडौं । कोरोनाका संक्रमणबाट पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । बुधबार नेपालगञ्जको भेरी अस्पताल भर्ना भएका पहाडीको रातिनै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज बलीले जानकारी दिए ।
संक्रमणपछि होम आइसोलेसनमा बसेका ७८ वर्षीय पहाडीलाई स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पताल भर्ना गरिएको थियो । पहाडीको गएराति उपचारका क्रममा मृत्यु भएको हो । पहाडी मधुमेह र उच्च रक्तचापका बिरामी थिए । नागरिक खबरबाट